कसको हातबाट टीका लगाए राष्ट्रपति पौडेलले?

२७ असोज धनगढी
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन्।

उनले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट टीका लगाएका हुन्। त्यही अवसरमा राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट पनि दसैंको टीका, जमरा र प्रसाद ग्रहण गरे।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्। आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

विजयादशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरू तथा ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply