कैलालीको अत्तरियाबाट ८ लाख बढीका मोबाइलका सामान बरामद

२८ असोज धनगढी
कैलालीको अत्तरियाबाट ८ लाख बढीका मोबाइलका सामान बरामद गरिएको छ ।

आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार बराबरका एड्रोइड मोबाईलका कभर र आइफोन मोबाइलका ग्लास लगायतका सामानहरु बरामद गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा उक्त सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply