पार्टी कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो : एमाले नेता बिन्दा पाण्डे

२८ असोज धनगढी
नेकपा एमाले नेता बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन व्यपारीबाट सहयोग लिनु गलत भएकी बताएकी छन् । यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनले बताइन् । व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एमाले नेताहरुका अनुसार भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने छन् ।

एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कदमको विरोध गरेकी छन् । ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो ।’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । यसरी पार्टी कार्यालय बनाउने निर्णय आत्मघाती सावित हुने भन्दै उनले सच्याउन माग गरेकी छन् ।

‘दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला । तर स्वीकार गर्ने पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’ पाण्डेले भनेकी छन् ।

अझै समय रहेको भन्दै उनले एमालेको गौरब जोगाउन निर्णय सच्याउनुपर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply