बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२८ असोज धनगढी
बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ११ बजे कोहल्बी नगरपालिका-२ पुरानो काँटास्थित जंगलमा ६३ वर्षीय हस्तबहादुर ठोक्कर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उनी बिहान ७ बजे घाँस काट्न गएका थिए। तर लामो समयसम्म नफर्किएपछि आफन्त र स्थानीयहरू जंगलमा गएका थिए।

जंगल पस्दा हात्तीको आक्रमणबाट ठोक्कर मृत अवस्थामा भेटिएका थिए। उक्त खबरपछि प्रहरी टोली खटिएर अनुसन्धान अघि बढाएको हो।

शव पोष्टमर्टमको लागि कलैया प्रादेशिक अस्पतालमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply