दशैंपछि सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

२९ असोज धनगढी
दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply