अघिल्लो पटकभन्दा कम भित्रियो वैदेशिक लगानी, प्रतिबद्धता भने बढ्यो

२९ असोज धनगढी
चालु आर्थिक वर्षको पहिलो दुई महिना प्रत्यक्ष वैदेशिक लगानी भित्रिने दर घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनासम्म दुई अर्ब ७१ करोडको प्रत्यक्ष वैदेशिक लगानी आएको छ। यो सेयर लगानी मात्रै हो।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा तीन अर्ब बराबरको यस्तो लगानी भित्रिएको थियो। गत वर्षको तुलनामा यस्तो लगानी ९.६ प्रतिशतले घटेको छ। तर उद्योग विभागका अनुसार वैदेशिक लगानीको प्रतिबद्धता भने बढेको छ।

भदौ महिनासम्मा १२ अर्ब १२ करोड रूपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।

नेपालमा हालसम्म दुई खर्ब ९७ अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी मुलुकभित्र लगानीमै छ। यसमध्ये ५२.८ प्रतिशत चुक्ता पुँजीको रूपमा र १३.५ प्रतिशत कर्जाको रूपमा संस्थाहरूले पाएका छन्। ३३.३ प्रतिशत बराबर रकम भने संस्थाहरूको सञ्चितिमा छ।

हाल औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ५९.७ प्रतिशत यस्तो लगानी छ। औद्योगिक क्षेत्रका विद्युत, ग्यास, एयर कन्डिसन लगायतका क्षेत्रमा ३० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा २९.४ प्रतिशतमा लगानी छ।

बाँकी ४०.२ प्रतिशत लगानी सेवा क्षेत्रमा छ। यसमध्ये वित्तीय संस्थाहरूमा २६ प्रतिशत, सूचना र सञ्चार क्षेत्रमा ६.७ प्रतिशत, होटल लगायतका क्षेत्रमा ६.३ प्रतिशत छ।

नेपालमा ५८ मुलुकबाट वैदेशिक लगानी तथा ऋण आउँछ। जलविद्युत क्षेत्रमा सबैभन्दा धेरै २९ अर्ब ३० करोड बराबरको वैदेशिक ऋण छ। विभिन्न क्षेत्रमा यसरी वैदेशिक लगानीमार्फत आएको ऋण ६० अर्ब ३० करोड हाराहारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply