दान वापत लिएको जग्गा फिर्ता गर्न एमालेलाई कांग्रेसका नैनसिंह महरको आग्रह

३० असोज धनगढी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेलाई दान वापत लिएको जग्गा फिर्ता गर्न आग्रह गरेका छन् । पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गा तत्काल फिर्ता गरेको घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सुझाव छ ।

नेपाली काग्रेसका सम्पर्क समितिहरूसँगको वानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन् । जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको भन्दै महरले प्रधानमन्त्रीले कसैबाट दान-दातब्य र नजराना लिनु सुशासनको खिलाप हुने बताए । जनतामा आशा जगाउन पनि तत्काल दानवापत लिएको जग्गा फिर्ता गर्नुपर्ने उनको आग्रह छ ।

दानकर्ता मिनबहादुर गुरुङ दम्पत्तीप्रति आफूहरुको कुनै आग्रह-पुर्वाग्रह नरहेको बताउँदै नेता महरले गुरुङ दम्पत्ती अस्पताल लगायत ठाउँमा दान गरिरहेका दानविर व्यवसायी समेत रहेका बताए । तर व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभएसम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपूर्ण कार्य हुने महरको भनाइ छ ।

ललिता निवास जग्गा प्रकरणमा गुरुङलगायतको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिई त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन् भनेर जनताले नै प्रधानमन्त्री माथी प्रश्न उठाउने नेता महरको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply