अमेरिकाविरूद्ध आशिफ शेखको अर्धशतक

५ कात्तिक धनगढी –
अमेरिका विरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक हानेका छन्।

क्लिन स्विपका लागि १५७ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले दसौं ओभरको समाप्तिमा अर्धशतक पूरा गरेका हुन्।

अर्धशतक हान्ने क्रममा पाँच चौका र २ छक्का हाने। एघारौं ओभरमा उनी ड्रिसडेलको बलिङमा जसदीप सिंहबाट क्याच आउट भए।

आशिफको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।

यसअघि पाँचौं ओभरको पहिलो बलमा अनिल साह आउट भएपछि कुशल भूर्तेल ब्याटिङमा आएका थिए।

११ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply