बाजुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

बाजुरामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते भएका बडीमालिका नगरपालिका – ५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । उनी सँगै अरिङ्गालले टोकेर स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply