१० कात्तिक धनगढी
इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् ।
इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इरानको पश्चिमी सीमा इराकसँग जोडिएको छ । क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभएसम्म देशका सबै विमानस्थलको सम्पूर्ण हवाई यातायात र सेवा बन्द गरिएको इराकको सरकारी मिडिया एजेन्सी आईएनएलाई उद्धृत गर्दै रोयटर्सले एउटा समाचारमा लेखेको छ ।
इजरायली हवाई आक्रमण स्थानीय समय अनुसार बिहान ५ बजेसम्म तेहरानमा जारी रहेको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्यूजलाई बताएका थिए । समाचार एजेन्सी रोयटर्स र एएफपीले सिरियाली सरकारी मिडिया सानालाई उद्धृत गर्दै सिरियाको राजधानी दशमिक नजिकै विस्फोटको आवाज पनि सुनिएको बताएको छ ।
सानालाई उद्धृत गर्दै रोयटर्सले उक्त हमलाले मध्य र दक्षिणी सिरियामा रहेका सैन्य लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।