२४ कात्तिक धनगढी
युक्रेनले रूसबाट आफ्ना ५६३ सैनिकहरूको शव प्राप्त गरेको जनाएको छ । यसमा मुख्यरूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका सैनिकका शवहरु रहेका थिए ।
सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।
‘पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो’, युक्रेनको युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोशल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । साथै, रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा जनाइएको छ ।
रुस र युक्रेनले यस लडाइँमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1