बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु

२ मंसिर धनगढी
बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको मृत्यु भएको स्थानीयले बताएका छन्।

उनलाई मृत अवस्थामा बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकैबाट उद्दार गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष करनजंग सिंहका अनुसार उनी चिप्लिएर सेती नदीमा बगेको बुझ्नमा आएको छ। अहिले शव निकालेर पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply