पुथा उत्तरगंगा २ को वडाध्यक्ष पदमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

५ मंसिर धनगढी
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन तालिकाअनुसार आज बुधबार उम्मेदवारी फिर्ताको समय दिइएको थियो। उक्त समयमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए।गठबन्धनका उम्मेदवार रोकाले घर्तीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको ओलीको भनाइ छ। अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध भएका हुन्। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ। उम्मेदवारी फिर्ताका लागि दिउँसो ३ बजेसम्मको समय भएकाले त्यसपछि मात्र औपचारिक जानकारी सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यहाँ एमालेकै उम्मेदवारलाई सघाउने निर्णय गरेर कांग्रेसले आफ्नो उम्मेदवारी दिएको थिएन।

कांग्रेस-एमालेका साझा उम्मेदवार रहेका जीवन रोकाले विज्ञप्ती नै जारी गरेर उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका छन्। उनले योग्य ठानेर टिकट दिएप्रति पार्टीलाई धन्यवाद दिँदै वडाध्यक्षका लागि माओवादी उम्मेदवार जगत घर्ती निर्विकल्प उम्मेदवार रहेको बताएका छन्।

जगत घर्ती पुरानो तथा स्थापित नेता, हामी सबैको अभिभाभक हुनुहुन्छ। हाम्रो वडाको समग्र विकास र जनभावनाको सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेरो राजनीतिक, सामाजिक र नैतिक दृष्टीले पनि उपयुक्त नहुने भएकाले मैले नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीलाई समर्थन गरी राजी खुशीबाट उम्मेदवारी फिर्ता लिएको छु,’ रोकाले वक्तव्यमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply