पाकिस्तानमा साम्प्रदायिक हिंसा : ३२ जनाको मृत्यु

९ मङ्सिर धनगढी
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । सो झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

समाचारमा जनाइएअनुसार शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ । पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ । एक समय अर्धस्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ।

कुर्रममा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले भनेका छन्, ‘स्थानीय समय अनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो । गोली चलेपछि उनीहरूले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए ।’

स्थानीय सुन्नीहरूले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेका थिए । प्रारम्भिक रिपोर्टअनुसार ३०० भन्दा बढी पसल र १०० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply