१० मङ्सिर धनगढी
बाजुरामा रुखले च्यापिएर घाइते भएकाहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका-३ बिच्छ्या युनाका अन्दाजी ४८ वर्षका सिदुपुरी रोकाया र ३० वर्षका पर्मलाल सुनारको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
उनीहरु दुबै जना युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार कादुरी संस्थाले पैसा तिर्ने गरी नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार गरिएको छ । सोमबार उद्धारका लागि अबेर भएपछि घाइते दुवै जनाको राति स्वास्थ्यकर्मीको टोलीले घरमै उपचार गरेको र अहिले थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।
रुखले च्यापिएर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा अन्दाजी ४३ वर्षीय सुपधन बुढा रहेका छन् । उनको शव पोष्टमार्टमका लागि कोल्टी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।