स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन

१३ मङ्सिर धनगढी
मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत प्रचारप्रसारका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ । आयोगका अनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयन पत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply