२६ मङ्सिर धनगढी
नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हो ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1