पत्रकार महासङ्घको निर्वाचन आज

२८ मङ्सिर धनगढी
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज (२८ मङ्सिर) निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी, महिला उपाध्यक्षमा नितु पण्डित र गङ्गा पौडेल, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा रामप्रसाद दाहाल, जन्मदेव जैशी, प्रकाश थापा र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply