१ पुस धनगढी
रेडिकल एकेडेमी धनगढीद्वारा एसईई दिने विद्यार्थीहरुलाई नि:शुल्क वितरण गर्ने गरि प्रकाशन गरिएको बार्षिक पत्रिका “रेडिकल दर्पण” आज विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ऐश्वर्य विद्या निकेतनका प्राचार्य पि.एन. ओझाले रेडिकल दर्पणको विमोचन गरेका हुन् । ओझाले पढाइमा कमजोर विद्यार्थीहरुको लागि रेडिकलले गरेको काम प्रशंसनीय रहेको बताए ।
रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुष्पराज जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन केशर रावलले गरेका थिए ।
रेडिकलले होटल म्यानेजमेन्ट, फेसन डिजाइन, कम्प्युटर प्रशिक्षणका साथै ट्युसन कक्षा संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1