१ पुस धनगढी
आज राति १२ बजेदेखि भारतको पलियासँग जोडिएका सीमानाका २४ घण्टाका लागि बन्द हुने भएका छन् । भारतको पलियामा हुने स्थानीय तहको निर्वाचनका कारण सीमानाका बन्द गरिने भएको हो ।
नेपाल–भारत सिमासँग जोडिएको भारतको पलियामा हुन गई रहेको स्थानीय तहको चुनावका कारण पौष १ गते राति १२ बजेदेखि पौष २ गते रातिसम्म २४ घण्टा सीमा नाका बन्द हुने शसस्त्र प्रहरी बल ३४ नंं गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डेयले जानकारी दिए ।
उल्लेखित स्थानीय तहसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा बन्द रहने जानकारी एसएसबी ३९ औं बटालियनबाट प्राप्त भएको उनले जानकारी दिए । लिखित पत्र प्राप्त हुन बाँकी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1