४ पुस धनगढीः
अखिल क्रान्तिकारी घटाल बहुमुखी क्याम्पस इकाई कमिटिको अध्यक्षमा पर्वत थापा(मगर) चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी घटाल बहुमुखी क्याम्पस इकाई भेलाले अध्यक्षमा पर्वत थापा(मगर)लाई चयन गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले संगठन विस्तार अन्र्तरगत बिहीबार घटाल बहुमुखी क्याम्पसमा थापामगरको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि विस्तार गरिएको बताए । उनका अनुसार उपाध्यक्ष गिता कलौनी सन्दीप भाट, सचिव समिक्षा धामी, सह सचिव मञ्जु उपाध्याय, निर्मला चन्द, कोषाध्य रोहित धामी रहेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्न इकाई कमिटिलाई निर्देशन दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1