भारतका पुर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। कांग्रेस आइका नेता शशि थरुरले यसबारेमा औपचारिक जानकारी दिएका छन ।

उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख व्यक्त गरेका छन। ‘डा. मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्बन्धित विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं। उहाँको बुद्धिमत्ता र नम्रता सधै देखिने थियो। दुखको यस घडीमा डा. मनमोहन सिंहजीको परिवार, उहाँका साथीहरू र अनगिन्ती प्रशंसकहरूसँग मेरो समवेदना छ। ओम शान्ति’, उनले लेखका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply