१३ पुस धनगढी
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल भएका छन् ।
भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने भएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1