चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते

पुष १६ धनगढी
चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जङ्गलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।

मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । मंगलबार (१६ पुस) दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर-१२ का ७२ वर्षका चेतनाथ चौलागाई, वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक र रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् ।

घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply