अछामको शक्ति विद्यालय तीन लाख २० हजार बेरुजु दाखिला गर्न अटेरी गर्दै

पुष २१ धनगढी
अछामको शक्ति आधारभूत विद्यालयको तीन लाख २० हजार रुपैयाँ बेरुजु रहेको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयबाट पेस्की लिएको रकम विद्यालयको बेरुजु रहेको हो।

शक्ति आधारभूत विद्यालयले भवन निर्माणका लागि तीन लाख २० हजार रुपैयाँ पेस्की लिएको थियो। तर, विद्यालयले भवन निर्माणको काम नगरेपछि उक्त रकम २०७५/०७६ सालदेखि बेरुजु रहेकोम छ। विद्यालयलाई शिक्षा विकास निर्देशनालय, डोटीले चार पटक बेरुजु रकम भुक्तानीका लागि पत्राचार गरेको छ। तर, शक्ति आधारभूत विद्यालय, कमलबजार–२ अछामले हालसम्म बेरुजु रकम फिर्ता गरेको छैन। निर्देशनालयले २०७७ पुस २१ गते, २०८० जेठ १८ गते, २०८१ साउन ७ र २०८१ मङ्सिर १८ गते गरेर चार पटक विद्यालयलाई पत्र पठाएको हो।

शिक्षा विकास निर्देशनालय, डोटीले गत मङ्सिर १८ गते सात दिन भित्रमा बेरुजु रकम दाखिला गर्न भनेको भएपनि अझै जवाफसमेत आएको छैन। शिक्षा विकास डोटीको निर्देशक दुर्गादत्त विष्टले तीन लाख २० हजार रुपैयाँ असुल नभएको बताए। उनले भने, ‘चार पटक पत्राचार गरेका छौ। अब जिल्ला प्रशासनलाई पत्र पठाउने हो। प्रहरी लगाएर, ल्याउनु पर्ने भएको छ।’

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिलेसमेत उक्त रकम दाखिला गर्न भनेको छ। शक्ति आधारभूत विद्यालय, अछामले सम्झौता अनुसारको काम नगरेकाले तीन लाख २० हजार रुपैयाँ पेस्की फर्छ्यौट गर्न भनिएको हो। विद्यालयले २ कोठाको भवन निर्माणका लागि पेस्की रकम लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply