जापानमा बर्डफ्लुको प्रकोप

पुष २१ धनगढी
जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लुको प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् । जापानमा बर्डफ्लुको यो १९औँ प्रकोप भएको त्यहाँको कृषि मन्त्रालयले जनाएको छ ।

पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ । इवातेले तीन किलोमिटर (१.८६ माइल)को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त षेत्रबाट बाहिर जानबाट रोकिने छ ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply