रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

पुष २५ धनगढी
सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार सो आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेसँग ६५ लाख धरौटी माग गरिएको छ ।

बिहीबार मात्रै सो मुद्दामा थुनछेक बहस सकिएको थियो ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply