माओवादी सरकार परिवर्तनको खेलमा छैन ः प्रचण्ड

माघ ८ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन ।

चितवनमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए। ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन,’ उनले भने।

आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार ०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको उल्लेख गरे। माओवादी अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनको भनाइ थियो । माओवादी प्रवेस गर्नेहरुलाई समेत प्रचण्डले स्वागत गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply