ट्रम्पले फेरि गरे क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा

माघ ११ धनगढी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि करबाट बच्न अमेरिकाको एक राज्य बन्न सक्छ भनेर भनेका छन् । ‘क्यानाडासँग हाम्रो ठुलो व्यापार घाटा छ । हामी यसलाई अब निरन्तरता दिन सक्दैनौँ ।’ ट्रम्पले भनेका छन् । ‘तिमीलाई थाहा छ मैले सधैँ भन्दै आएको छु कि तिमी एक राज्य बन्न सक्छौँ । एक राज्य बन्यौँ भने व्यापार घाटा हुनेछैन र हामी तिमीमाथि शुल्क पनि लगाउने छैनौँ ।’ उनले भनेका छन् ।

क्यानडासँग व्यवहार गर्न गाह्रो भएको पनि उनले बताए । २ खर्ब वा साढे २ खर्ब डलरको व्यापार घाटा राम्रो नभएको र आफ्ना कारहरू बनाउन आफूहरूलाई क्यानडाको आवश्यकता नभएको पनि उनले बताए । क्यानडाबाट अमेरिकालाई तेल र ग्यास पनि नचाहिएको उनले बताए ।

ट्रम्पले पहिले नै क्यानडा अमेरिकाको ५१ औँ राज्य बनेमा कर ६० प्रतिशतभन्दा बढीले घटाउन सकिने बताएका थिए । अमेरिकी सीमाना पार गरेर अवैध आप्रवासी र अवैध लागू औषध फेन्टानिल भित्रिने काम नरोकिएसम्म क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाइने ट्रम्पले हालै भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply