माघ २७ धनगढी
दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गुराँस गाउँपालिका-०६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरूबाट अख्तियारले बुढासहित, इन्जिनियर सरोज दाहाल, सव-इन्जिनियर नविन कुमार वि.सी., लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्ललगायतसँग १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो र सजायको मागदाबी लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1