नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

फागुन ४ धनगढी
भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड हुँदा महिला, बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । घटनास्थलमै पन्ध्र जना र उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको जनाइएको छ ।

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा शनिबार राति भारतीय समयअनुसार ९ः१५ बजे उक्त घटना भएको हो ।

यात्रुको अत्यधिक भीड रहेको र रेल चढ्न तँछाडमछाड गरेको अवस्थाले उक्त दुःखद घटना निम्त्याएको बताइएको छ ।

मृतकको शव निकालिएको छ भने घाइतेहरुलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply