फागुन ७ धनगढी
नेपालगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको उत्तर प्रदेश बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद पक्राउ परेका हुन्।
उनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्जबाट बुधबार दिउँसो पक्राउ गरेको हो।
उनको साथबाट प्लास्ट्रिकसहित ३६२ ग्राम ब्राउन सुगर बरामद गरिएको ब्युरोको प्रवक्ता एसपी नारायण अधिकारीले जानकारी दिए।
‘अहिले एक ग्राम ब्राउन सुगरको अवैध बजार मूल्य ८ देखि १० हजार रूपैयाँ छ,’ एसपी अधिकारीले भने, ‘झण्डै ३५ लाख रूपैयाँ बराबरको ब्राउन सुगर बरामद भएको छ।’
सिमाना भेटिएकाले उनले भारतबाट नेपाल ल्याएको बुझिएको छ।
थप अनुसन्धान भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1