फागुन १३ धनगढी
मीटर ब्याज विरुद्ध किसान मजदुर अनदोलान नेपाल को पश्चिम कमाण्ड अन्तर्गत पर्ने बांके जिल्ला ले जन जागरण अभियान अन्तर्गत जिल्ला अदालत घेराउ गरी ज्ञापन पत्र बुझाएको छ भने जिल्ला अदालत ले एकलौटी फैसला गरी पीडित लाई दुःख दिने काम गरेको र पीडक ले मुद्दा हाली पक्राउ पुर्जी जारी गराउने अनि पीडित लाई प्रहरी लाई आदेश गरी पीडित लाई थुनुवा पठाउने काम गरेको ले र न्याय को पक्ष मा ना उभिएर साहु महाजनको को पक्ष एकलौटी फैसला गर्ने र त्यसले देशै भरी को अदालत लाई ज्ञापन पत्र बुझाउने
आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत आज मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल पश्चिम कमाण्ड, बाँके जिल्लाको नेपालगञ्जमा जिल्ला अदालत घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। वित्तीय शोषणबाट आजित पीडितहरुको बृहत् उपस्थितिमा आन्दोलनका केन्द्रीय अध्यक्ष लगायत प्रमुख अगुवाहरुको उपस्थिती रहेको थियो। अदालतले गरिरहेका पीडित विरोधी गतिविधिका विरुद्ध ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण समेत गराइएको छ।
किसान मजदुर – जिन्दावाद !
