आज महाशिवरात्री : शिवको पूजाराधना गरी मनाइँदै

फागुन ११ धनगढी
आज फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजाराधना गर्छन्। शिवजीको उत्पत्तिसँग जोडिएको यो पर्वलाई धार्मिक ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि मध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ।

यस अवसरमा भक्तजनले शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने तथा दूध, धतुरो, बेलपत्र चढाउने परम्परा छ। उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। महादेवलाई जाडो नहोस् भन्ने जनविश्वासअनुसार घर, चोक र मठमन्दिरमा धुनी जगाई भजनकीर्तन गरिन्छ तथा प्रसाद ग्रहण गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply