फागुन १५ धनगढी
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । कैयन् फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् ।
फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको छ ।
नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको समाचारहरुमा जनाइएको छ । सामाजिक सञ्जाल एक्समा फेसबुकमा समस्या देखिएको भनेर पोस्टहरु देखिएका छन् । यसबारे फेसबुकको मातृ कम्पनी मेटाले थप जानकारी गराइसकेको छैन । यद्यपि फेसबुकको एप्समा भने सेवा निर्वाध रुपमा सञ्चालनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1