सुदूरपश्चिममा भित्रियो पश्चिमी वायु, वर्षा र हिमपातको सम्भावना

फागुन १५ धनगढी
सुदूरपश्चिममा वर्षा र हिमपात गराउने पश्चिमी वायु भित्रिएको छ । भारतको जम्मु–काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा आइपुगेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभाव सँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

नेपालमा मङ्सिर मध्यदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । हिउँदमा सरदर ६० प्रतिशत पानी पर्ने भए पनि यो वर्ष अहिलेसम्म झन्डै १० दशमलव ६ प्रतिशतमात्रै वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply