गोदावरीमा एक महिला १ महिनादेखि बेपत्ता

फागुन १९ धनगढी
कैलालीको गोदावरीमा एक महिला एक महिना देखि बेपत्ता भएकी छिन । गोदावरी नगरपालिका – ६ लालपुरकी अन्दाजी ३५ वर्षीय देवकी आउजी बेपत्ता भएकी हुन ।

माघ १९ गते कञ्चनपुरको दैजीमा रहेको माइत जान्छु भनेर घरबाट गएकी देवकी सोही दिन देखि बेपत्ता भएको उनका श्रीमान सुजर आउजीले बताए । उनले माइतमा श्रीमती नपुगेपनि खोजी गर्दा कतै नभेटिएको बताए । उनले खोजीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएको बताए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले महिला हराएको सूचना आएको र, खोजी कार्य भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply