फागुन २६ धनगढी
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन ०८४ सम्मै जाने बताएका छन् । सोमबार बिहान धनगढी विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानी उनले यस्तो बताए हुन् ।
उनले भने ‘सरकार राम्रोसँग चलेको छ । गठबन्धनमा कुनै समस्या छैन् । २०८४ सम्मै गठबन्धन जान्छ ।’ उनले राजतन्त्रको पक्षमा माहोल नभएको र आफूले राजतन्त्रको पक्षमा माहोल नदेखेको बताए । त्यस्तै सभापति देउवाले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने बताए ।
उनी कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका धनगढी आइपुगेका हुन् । सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत,बालकृष्ण खाण, दीलेन्द्र बडूलगायतका नेताहरु धनगढी पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1