बालसुधार गृहमा झडप, ६ जना घाइते

चैत २ धनगढी
बाँकेकाे डुडुवामा रहेकाे जयेन्दु बाल सुधार गृहमा झडप भएकाे छ ।

बालबन्दीबीचकाे झडपमा ६ जना घाइते भएकाे बाँकेका प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि नर्सिङहाेम नेपालगञ्ज ल्याइएकाे छ ।

प्रवक्ता पातलीका अनुसार, बाल सुधार गृहमा राति ११ बजेतिर झडप भएकाे खबर आएकाे थियाे । त्यसपछि ठूलाे संख्यामा प्रहरी घटनास्थलमा पुग्याे । प्रहरीले राती डेढ बजेतिर घाइतेकाे उद्दार गरेकाे थियाे ।

प्रहरीलाई भित्र जान दिइएकाे छैन । सम्झाएर भित्र जाने प्रयास भइरहेकाे छ । कति भागे भन्ने यकिन हुन सकेकाे छैन । दुई जना भागेकाे बाहिर खबर आएकाे छ ।

बाल सुधार गृहमा अढाइ सय बालबन्दी रहेका छन् । यहाँ पटक-पटक झडप हुने गर्दछ । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए ।

यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नाैबस्ता सुधार गृहमा स्थानान्तरण गरेकाे थियाे । त्यहाँ पनि पटक-पटक झडप हुने गरेकाे छ । केही भागेका थिए, अझै फेला परेका छैनन् ।

बाल सुधार गृह सुरक्षा चुनाैती बनिरहेकाे छ । प्रहरीले बल प्रयाेग गर्दैन । भित्र रहेकाहरु आपसमा लडिरहन्छन् ।

१८ वर्ष नपुगेलाई राख्न बनाइएकाे बाल सुधार गृहमा २८/२९ वर्षकासम्म बसाउँदा सधै लफडा हुने गरेकाे जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply