तस्बिर जलाउँदैमा पक्राउ गर्नु उचित होइन : अध्यक्ष प्रचण्ड

चैत ३ धनगढी
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार मकवानपुरमा आफ्नो फोटो जलाउने राप्रपाका नेता नीराजन बमलाई पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।

फोटो जलाएको आरोपमा प्रहरीले आइतबार बमलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । सोही विषयमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका हुन् ।

‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, उनले लेखेका छन् ।

शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्ड र गणतन्त्रको विरोध गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply