चैत ५ धनगढी
आज भएको स्ववियु निर्वाचनमा जनचेतना बहुमुखी क्याम्पस कालिकाेटमा अनेरास्ववियु र नेबिसंघकाे गठबन्धनलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) का बसराज बाेहाेरा बिजयीभएका छन् । उता सरस्वती बहुमुखी क्याम्पस डकाहा, सिन्धुलीमा अखिल(क्रान्तिकारी) का विवेक साह सुडी अध्यक्ष को प्यानल नै विजयी भएको छ । मरिण बहुमुखी क्याम्पस सिन्धुलीमा पनि अखिल (क्रान्तिकारी) को प्यानलै विजयी भएको छ । प्राप्त खबर अनुसार खप्तड बहुमुखी क्याम्पस मसुरिया कैलालीमा अखिल ( क्रान्तिकारी ) बाट सागर चौधरी अध्यक्ष पदमा विजयी भएका छन् ।
ललितपुरस्थित पुल्चोक क्याम्पसमा अध्यक्षमा स्वतन्त्र र सचिवमा अखिल (क्रान्तिकारी) विजयी भएको छ ! फारुला बहुमुखी क्याम्पस दार्मामा हिमा शर्माको नेतृत्वमा अखिल (क्रान्तिकारी) प्यानल नै विजयी भएको छ । गल्कोट क्याम्पसमा अखिल (क्रान्तिकारी) को टिम नै विजयी भएको छ भने कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की रविना राना विजयी भएकी छिन् ।
चितवन इन्जिनियरिङ क्याम्पसमा सभापति प्रज्वल अधिकारी विजयी भएका छन् भने सिन्धुपाल्चोक मेलम्ची भ्याली क्याम्पस, हेलम्बुमा अखिल (क्रान्तिकारी)का राजन गिरी सभापतिमा विजयी भएका छन् । त्यसैगरी पाँचथरको रवि क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)का पुनम लावतीसहितको प्यानल विजयी भएका छन् । त्यस्तै आबुखैरेनी क्यापस आबुखैरेनी तनहुँको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगरको प्यानल विजयी भएका छन् ।
त्यसैगरी नारद आदर्श शिक्षा क्याम्पस उदयपुरमा ज्ञानदिल थुलुङ राई अखिल(क्रान्तिकारी) का अध्यक्षमा बिजयी । गुराँस बहुमुखी क्याम्पस, बर्दियामा अखिल(क्रान्तिकारी)का तिलक शर्मा स्ववियु सभापति सहित प्यानल नै विजयी भएको छ ।
त्यस्तै सुनकोशी क्याम्पस सिन्धुलीको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको छ । केदार सुर्य बहुमुखी क्याम्पस बिबिनगर डोटीमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका यशोदा बोहोरा लगायत प्यानल विजयी भएकी छिन् ।
जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक अनेरास्ववियु र नेविसंघकाे गठबन्धनलाई पराजित गर्दै असोक ढुंगानाको नेतृत्वमा अखिल क्रान्तिकारीको प्यानल नै बिजयी भएको छ । सिस्ने शिक्षा क्याम्पस, रुकुम पूर्वमा अखिल (क्रान्तिकारी) अम्मर खत्रीको प्यानल नै बिजयी भएको छ !
उपत्यकामा इन्जिनियरिङ क्याम्पस मध्य जनकपुर इन्जिनियरिङ क्याम्पसमा अखिल(क्रान्तिकारी ) का प्रकाश पुडासैनी सभापतिमा विजयी विजयी भएका छन् भने श्रीङ्गिश्वर बहुमुखी क्याम्पस रानिवासमा नेबिसघ र अखिलको सयुक्त प्यानललाई पराजित गरी अखिल(क्रान्तिकारी)का विशाल थापा सहित प्यानलनै विजयी भएको छ ।
।
त्यसैगरी रमाइलो क्याम्पस कानेपोखरी मोरङमा अखिल (क्रान्तिकारी) प्यानल नै बिजयी भएको छ । त्यस्तै मिक्लाजुङ क्याम्पस मोरंगमा अखिल (क्रान्तिकारी) बाट अध्यक्ष सुजन घिमिरे विजयी भएका छन् ।
