साविक विजेतालाई हराउँदै आइपिएलमा आरसिबीको सानदार सुरूवात

चैत १० धनगढी
साविक विजेता कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लुरूले सुखद सुरूवात गरेको छ।

इडेन गार्डेनमा गएराति सकिएको उद्घाटन खेलमा बेंग्लुरूले कोलकातालाई ७ विकेटले पराजित गरेको हो।

बेंग्लुरूले १७५ रनको लक्ष्य ३ विकेट गुमाएर १६.२ ओभरमा पूरा गर्‍यो।

त्यसक्रममा ओपनर विराट कोहली र फिल सल्टले अर्धशतक हाने।

सल्टले ३१ बलमा ९ चौका र २ छक्का हानेर ५६ रन बनाउँदा कोहली ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५९ रन बनाएर नट आउट रहे।

त्यस्तै कप्तान रजत पाटिदारले १६ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।

लियम लिभिङस्टोनले नट आउट १५ रन बनाउँदा देवदत पाडिकलले १० रन जोडे।

बलिङतर्फ वैभव अरोरा, वरूण चक्रवर्थी र सुनिल नारायणले एक/एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेट गुमाएर १७४ रन बनाएको थियो।

कोलकाताका लागि कप्तान अजिन्क्य रहानेले ५६ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का हाने।

सुनिल नारायणले २६ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४४ रन बनाए। अंक्रिश रघुवंशीले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

रिंकु सिंहले १२ रन जोडे।

बलिङतर्फ बेंग्लुरूका क्रुनाल पाण्डेले ३, जोश हेजलवुडले २ तथा यश दयाल, रशिक सलाम र सुयाश शर्माले एक/एक विकेट लिए।

आइपिएलमा आइतबार सनराइजर्स हैदरावादले राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्ससँग खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply