इटहरीको सेन्ट्रल प्लाजामा आगलागी: फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर

चैत १३ धनगढी
सुनसरीको इटहरी चोकमा आगलागी भएको सेन्ट्रल प्लाजाबाट सात जनाको उद्धार भएको छ।

बुधबार बिहान साढे ९ बजेदेखि सुरू भएको आगलागी भएको भवनबाट सात जनाको उद्धार गरिएको छ। केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्।

उनीहरूको उद्धारका लागि सेनाको हेलिकप्टर आउदै गरेको इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिए।

‘भित्र पस्ने अवस्था छैन, बाहिरबाट आगो निभाउने प्रयास भइरहेको छ। तर, आगो धेरै ठूलो भएकाले भित्र जाने अवस्था छैन। होटलका गेस्टहरूको उद्धार लागि हेलिकप्टर आउन लागेको हो,’ उनले भने।

गृह मन्त्री रमेश लेखकले समन्वय गरी नेपाली सेनाको एउटा हेलिकप्टर पठाइसकेको सचिवालयले जनाएको छ।

‘मानिसहरू फसिरहेको भन्ने खबर आएपछि काठमाडौंबाट हेलिकप्टर गइसकेको छ,’ सचिवालय स्रोतले भन्यो।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनीबाट सप्रबउ मनिष थापाको कमाण्डमा १०५ जना खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

इटहरी चोकबाट पूर्व काकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं‌, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ।

नौ तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन्।

होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको स्थानीय प्रत्यक्षदर्शी विनय बाराकोटीले जानकारी दिए।

‘अहिले आगो होटेल वरन्डामा धेरै लागेको देखिन्छ,’ उनले भने, ‘दमकलले बाहिरबाट पानी छ्यापिरहेको छ, आगो भित्र भित्रै फैलिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply