एकीकृत समाजवादी सुदूरपश्चिमको अधिवेशन चैत्र १७ र १८ गते हुने

चैत १३ धनगढी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन चैत्र १७ र १८ गते हुने भएको छ ।

अधिवेशन पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता धनगढीमा हुने एकीकृत समाजवादीका उपाध्यक्ष भानुभक्त जोशीले बताए । उनले अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबै तहका पार्टी कार्यकर्ता तीव्र गतिमा तयारीमा जुटेको बताए । यस अधिवेशनले सुदूरपश्चिममा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको उनले बताए ।

अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने १० वटा उपसमितिहरूले आवश्यक तयारी गरिरहेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ । अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply