राजावादी सडकमा उर्फिदैमा गणतन्त्र व्यवस्था ढल्दैन : डा. भट्टराई

चैत १४ धनगढी
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने कुनै आधार नरहेको तर्क गरेका छन् । राजावादी सडकमा उर्फिदैमा लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने उनको भनाइ थियो ।

रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भट्टराईले अहिलेको व्यवस्थामा समस्या भन्दा पनि व्यक्तिमा केही समस्या भएको हुँदा उनीहरु सच्चिनु पर्ने बताए ।

भट्टराईले संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि अहिलेको शासकीय स्वरूपले अपेक्षा अनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता रहेको बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने र देशमा आर्थिक विकास संस्थागत हुने उनको विश्वास थियो ।

राष्ट्रिय सहमति जुटाएर निर्वाचन प्रणाली सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री हुनुपर्ने, प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसद हुनुपर्ने तर्क गरे ।

भट्टराईले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिएको भए राम्रो हुने भन्दै सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जान्ने विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply