चैत १६ धनगढी
नेपाल पत्रकार महासंघले आफ्नो ७० औ स्थापना दिवस बनाउन छोडेर बिरोध पर्दशन गर्नु परेको छ । नेपाल पत्रकार महासंघले स्थापना दिवसमा प्रभात फेरि गर्ने तयारि गरेको भएपनि सो प्रभात फेरी बिरोध पर्दशनमा परिणत भएको हो
, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि पत्रकारहरु स्थापना दिवस छोडेर विरोध पर्दशनमा उत्रिएका हुन ।
कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर लगायतका क्षेत्रहरूमा पत्रकार महासंघको आयोजनामा विरोध प्रर्दशन भईरहेको छ । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ मा संघलाई संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ।
पत्रकार महासंघले यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ। पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध सभाको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ कैलालीको े आयोजनामा पत्रकारको हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी बिरुद्धमा आज धनगढीको चौराहमा बिरोध प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ कैलालीका सह सचिब शंकर बोहराले जानकारी दिए ।