कैलालीमा तीर्थयात्री बोकेको भारतीय नम्बरको ट्रयाक्टर दुर्घटना

चैत १६ धनगढी
कैलालीमा भारतीय नम्बर प्लेटको ट्रयाक्टर दुर्घटना भएको छ । बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका तीर्थालु बोकेको सोनालिका ट्रयाक्टर कैलारी गाउँपालिका–५ को मनिकापुरमा दुर्घटना भएको हो ।

हुलाकी राजमार्गबाट ट्रयाक्टर खेतमा पल्टेको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ । दुर्घटनामा परी कम्तीमा १५÷१६ जना घाइते भएका जनाइएको छ । जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि चार वटा एम्बुलेन्समा राखेर अस्पतालतर्फ पठाउने कार्य भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply