चैत २९ गते देखि खुुला पुुरुष भलिबल प्रतियोगिता

चैत २० धनगढी
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गते देखि खुुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको हो।

प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। चैत २९ गतदेखि बैशाख २ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता चल्ने कुँवरले बताए। प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुने टिमलाई ७५ हजार नगद पुरस्कार राशी प्रदान गरिने युवा संघले जनाएको छ यस अघि चैत १९ देखि हुने भनिएको स्वबियु निर्बाचन लगायत विभिन्न कारणले सारिएको थियोे । साथै यो प्रतियोगिता खेलकुद मात्रै नभैइ ड्रग्स विरुद्धको अभियानको सुरुवात पनि भएकाले यो औषधि छैन भन्नुहोस् को नारा समेत दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply