धनगढीमा एमालेको विषेश सभा यही चैत २९ गते हुदै

चैत २२ धनगढी
लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकासका लागी नेकपा एमाले पार्टीले बिशेष सभा आयोजना गर्न लागेको छ । यही चैत २९ गते नेकपा एमालेले धनगढीमा प्रदेश स्तरिय बिशेष सभा आयोजना गर्न लागेको हो ।

आन्दोलनको उपलब्धी, सबिंधानको रक्षा र पछिल्लो समय देखिएको अराजकता बिरुद्ध सभा आयोजना गरिन लागिएको नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्दले जानकारी दिए ।

धनगढी पार्कमोडमा आयोजना हुने सभालाई सकेसम्म पार्टी अध्यक्ष समेत रहेका प्रधामनमन्त्री केपी शर्मा ओलीलाई बोलाउने तयारी भईरहेको उनले बताए । अध्यक्ष आउन नसके पाटीका पदाधिकारीको सम्बोधन हुने गरी सभा आयोजना हुने चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply