चितुवाको आक्रमणबाट एक महिला घाइते

चैत २६ धनगढी

बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको शिवनाथ गाउँपालिका–१ मटेलाकी ३९ बर्षीया विन्दरा साउँदमाथि चितुवाले आक्रमण गरेको हो ।

स्थानीय जंगलमा बाख्रा चराउन गएकी साउँदलाई मंगलबार दिउँसो १ बजेतिर चितुवाले आक्रमण गरेको स्थानीय दशरथ चाडले बताए । चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि विन्दारामाथि आक्रमण गरेको उनले बताए ।

विन्दरासंगै रहेका अरु गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो । साउँदलाई उपचारका लागि भारतको लुवाघाट लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply